हिमा गा पा वडा ३ अवस्थित श्री भैरव आधारभुत विद्यालय जिल्लाको सदरमुकाम वाट ४५ कि.मी., हिमा गापा देखि ७ मीटर. समुदाय देखि २० .मी. टाढा रहेको छ । यस विद्यालयको स्थापना २०५० सालमा यस वडाका समाजसेवी हरु मिलेर गरेका थिए । विद्यालय स्थापनाका लागि यस ठाउमा रहेको सावर्जनीक जग्गा लाई विद्यालयका प्रयोग गर्ने सहमती गरेका थिए । विद्यालय प्रा.वि. कक्षा वाट संचालन छ । साविकक को कालुखेतु गा.वि.स.को वडा नंं ९ मा रहेका यो विद्यालय हाल हिमा गाँउपालिका ३ मा रहेको छ । यस विद्यालयको नाम भैरव आ.वि. रहेको छ । यस विद्यालयको सेवा क्षेत्र हिमा गापा ३ को १०० घरधुरी समेटेको छ । यस विद्यालयमा जम्मा विद्यार्थी ९५ जना रहेका छन । यस विद्यालयको स्थापना काल देखि हाल सम्मका भौतिक संरचनाहरु २ वटा भवनका ६ वटा कोठाहरु रहेका छन । अन्य भौतिक संरचनाहरु हाल भएका १ वटा भवन जिर्ण छन भने हाल भएका खानेपानी, शौचालयको उचित स्थानमा राम्रो र सबैलाई प्रयोग गर्न सक्ने अवस्थामा नभएकाले यी संरचनाहरुको जोखिम रहेको छ । हाल विद्यालयमा पठनपाठनका लागी आउने विद्यार्थीहरुलाइ गोरेटे बाटो प्र्रयोग गरेर आउने हुदा दुर्घटना हुन सक्ने संम्भावना छ । यसै गरी समुदाय वाट विद्यालयमा आउदा जादा बाटो को अवस्था जोखिम रहेको छ ।
यसै गरी विद्यार्थीहरुलाई पठनपनठन गर्ने उचित खालका विद्यालय भवनहरु नभएका र शौचालय खानेपानीको ब्यवस्थापन भएता पनी आवश्यक पर्ने जति भौतिक संरचना निमार्ण नभएकोले सहज रुपमा पठपाठन गराउन समस्या परेको छ । आगामी दिनहरुमा विद्यालयले आर्थिक अवस्था र भौतिक संरचनाको विकास गर्न सरोकारवाला निकाय संग समन्वय गर्ने विद्यालय विपद् जोखिम न्यूनिकरणलाई मध्य नजर गरी बिद्यालयको योजना तयार गर्नका लागी अगाडी बढेको छ ।
विद्यालयको नाम : श्री भैरवआधारभुत विद्यालय
स्थापना : २०४५ साल
स्थापना गर्ने ब्यक्ति : प्रभुनाथ योगी
ठेगाना : हिमा गाँउपालीका ३ जोगीबाँडाँ जुम्ला
विद्यालयको क्षेत्रफल : २ विगा १७ कट्टा
विद्यालयले समेटेका वडा समुदाय : हिमा गा पा १,३
विद्यालयले समेटेका घरधुरी : 100
विद्यार्थी संख्या : जम्माः ९५ (छात्रः५० छात्रा ः४५)
शिक्षक संख्या : जम्माः ९ जना (७जना शिक्षक २ जना शिक्षिका)
चर्पी संख्या : २ वटा
भवन संख्या कोठा संख्या : ३ वटा भवन १० कोठा
खानेपानी : धारा १
पुस्तकालय : छैन
कम्पियुटर सेट : कम्पियुटर इन्जिनिरिङ्ग शिक्षा छैन
शैक्षिक सामाग्रीहरु : छ ब्यवस्थि
कार्यालय कोठा : १ छ ब्यवस्थित
बिद्यालय ब्यवस्थापन समिति : जम्माः ९ जना (महिला-३ पुरुष -६)
विद्यालय सुधार योजना : छ अध्यावधिक भएको
गा.पा देखि विद्यालय आईपुग्ने बाटो किसिम. : कच्ची २ कि मि.
समुदाय देखि : कच्ची बाटो.
विद्यालय प्र.अ. : लालनाथ योगी